About Us

ओखलढुंगा उद्योग वाणिज्य संघ २०२८ सालमा संगठित संस्था हो । तर २०५५ सालमा आएर औपचारिक रुपमा संस्था दर्ता ऐन अनुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता भयो । यस संस्था उद्योग तथा वाणिज्यका क्षेत्रमा काम गर्ने निजी क्षेत्रको छाता संगठन हो । यस संस्था ओखलढुंगा जिल्लामा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको छ । ओखलढुंगा जिल्लाको निजी क्षेत्रको प्रमुख प्रतिनिधिमुलक संस्था भएकाले यस संस्थाले कानुनी रुपमा मुनाफा आर्जन नगर्ने गरी विभिन्न उद्योग तथा व्यापारिक पेशामा लागेका व्यवसायीहरुको हकहितको संरक्षण गर्ने, व्यवसाय प्रबर्द्धन गर्ने, विभिन्न अवस्थामा रहेको व्यवसायिक जनताहरुलाई संगठित गरी, तालिम दिई व्यवसायिक बनाई रोजगारी सृजना गर्ने, व्यवसायिक व्यक्ति, फर्महरुलाई जिल्लामा अवस्थित बित्तीय संस्थामार्फत ऋण उपलब्ध गराई उत्पादन गर्न सहयोग गर्ने, गर्न लगाउने र उत्पादित सामानलाई उपभोक्ता समक्ष पुर्याउन बजारको व्यवस्था गर्ने, कृषि, वनमा आधारित उत्पादनमूलक पेशालाई व्यवसायिकता प्रदान गरी उत्पादन र निकासीको लागि लगानीकर्ताको खोजी गरी मल, विउको व्यवस्था भए नभएको अनुगमन गर्ने र बजार व्यवस्थापन गर्ने, खनिज सम्बन्धी उद्योगको संभाव्यता अध्ययन गर्ने, गराउने नेपाल सरकारले विभिन्न मन्त्रालयमार्फत योजनाको निर्माण कार्य, विभिन्न दातृ संस्था (अन्तर्राष्ट्रिय गैर सरकारी संस्था तथा गैर सरकारी संस्था) मार्फत प्रत्यक्ष्य रुपमा हुने निर्माण कार्य र आयमुलक कार्यको सम्बन्धित उपभोक्ता समूहसँग मिली उक्त कार्यको अनुगमन गर्ने, प्रगति विवरण लिने र लगानी नपुग भएको स्थानमा लगार्ने गर्न सुझाव दिने, जिल्लास्थित विभिन्न सरकारी, गैरसरकारी कार्यालय र संघसंस्थाहरुसँग समन्वय राखी आयमूलक रोजगारीमुलक र सीपमुलक कार्य गर्ने गराउने, उद्योगी तथा व्यापारीहरुलाई आवश्यक पर्ने व्यापारिक सूचनाहरु उपलब्ध गराउने, उद्योगी तथा व्यापारीहरुमा सद्भावना एवं नैतिकताको विकास गरी राष्ट्रियताको भावना विकसित गर्ने, समय अनुसार व्यापारिक सेवा तथा वस्तुहरुको मूल्य निर्धारण गरी सम्बन्धित निकायहरुमा उपलब्ध गराउने, कानुनद्वारा परिभाषित नाफाखोरी र कालोबजार नियन्त्रण गर्न सहयोग गर्नेलगायतका काम गर्दै आइरहेको छ ।